नयाँदिल्लीः नोकियाले सस्ता स्मार्टफोनको दायरा बृद्धि गर्दै दुई नयाँ डिभाइसहरू – नोकिया ३.४ र नोकिया २.४ बजारमा ल्याएको छ । निकै कम मूल्य राखिए पनि यी दुबै नोकिया फोनहरूमा एचडी डिस्प्ले र रियर माउन्टेड फिंगरप्रिन्ट सेन्सर जस्ता विशेष सुविधाहरू छन् । एचएमडी ग्लोबलले यी दुबै स्मार्टफोन यूरोपमा बिक्री गर्न थालेको छ ।
युरोपमा नोकिया ३.४ को शुरू मूल्य १५९ युरो छ भने २.४ को मूल्य ११९ युरो राखिएको छ । दुबै स्मार्टफोन तीन रंगका विकल्पहरूमा उपलब्ध छ — चारकोल, डस्क र Fjord । नोकिया ३.४ को बिक्री यही अक्टुबरमा सुरू हुनेछ भने नोकिया २.४ यसै सेप्टेम्बर महिनाको अन्तमा सुरू हुने कम्पनीले जनाएको छ ।












