२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा एकैदिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिए



अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एक दिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१  पुगेको छ । 

 केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३० जनाको मृत्यु भएको जनाएको छ । यसैसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या ८७ हजार ८८२ पुगेको छ । 

भारतमा कुल सङ्क्रमित मध्ये अहिले पनि दश लाख ३ हजार २९९ जना सङ्क्रमित अवस्थामै रहेका छन् । कु सङ्क्रमित मध्ये ४३ लाख ९६ हजार ३९९ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । 
प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि  दुई लाख ९८   हजार ५८३ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख एक हजार १४८ जना सङ्क्रमितहरु छन् ।

 त्यसैगरी आन्ध्र प्रदेशमा ८१ हजार ७६३ जना,सङ्क्रमितहरु रहेका अधिकारीहरुले जनाएका छन् । भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म छ करोड  ४३ लाख ९२ हजार ५३४ जनाको कोरोना परीक्षण गरिएको छ ।