२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिसडाँडाबाट बालिका खड्का प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडौं ।  नेकपा सचिवालय बैठक बसिरहेको स्थान कोटेश्वर पेरिसडाँडा पुगेकी बालिका खड्का पक्राउ परेकी छन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो पति दाबी गर्ने खड्का पक्राउ परेकि हुन् । 

जिल्ला अदालत काठमाडौंमा राईविरुद्ध हालेको अंश मुद्दा प्रमाण नपुग्दा मुद्दा फिर्ता लिएकी खड्का सत्तारुढ नेकपाको पेरिसडाँडामा सुरुभएको केन्द्रीय सचिवालय बैठकमा ‘ठूलो नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै पुगेकी उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई प्रहरी प्रभाग कोटेश्वरमा राखेको छ ।

उनले आफूले अरु व्यक्तिको उक्साहटमा मुद्दा दायर गरेको र फिरादपत्रमा गरिएको दाबी पुष्टि गर्ने आफूसँग ठोस प्रमाण नभएको भन्दै बिहीबार मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् ।

खड्काले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दाको म्याद मुख्यमन्त्री राईले नबुझ्दै फिर्ताका लागि निवेदन दिएकी हुन् । उक्त मुद्दाको पेशी आउँदो कात्तिक १८ गतेका लागि तोकिएको थियो ।