२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो पक्षमा सडकमा भीडभाड र प्रदर्शन नगर्न कुलमानको आग्रह



अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनर्नियुक्ति माग गर्दै सडकमा जनस्तरबाट प्रदर्शन भइरहेका बेला उनले आफ्नो पक्षमा सडकमा भीडभाड र प्रदर्शन नगर्न अनुरोध गरेका छन्। घिसिङले शनिबार एक विज्ञाप्ती जारि गर्दै कोरोना संक्रमणका कारण आक्रान्त भएको बेला सडकमा भीडभाड गरी प्रदर्शन नगर्न अनुरोध गरेका हुन्।

घिसिङ २८ गते प्राधिकरणमा चार वर्षे कार्यकाल सकेर विदा भएका थिए।

‘प्राधिकरणको नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवम् स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसात् गर्नैपर्छ,’ घिसिङले विज्ञप्तिमा भनेका छन्, ‘प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ।’

घिसिङ आफ्नो कार्यकालमा नेपालमा लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेका कारण जनस्तरमा लोकप्रिय छन्।