२० असार २०८३, शनिबार
,
Latest
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रष्टा सम्मान अभियान/थप तीन पुरस्कार स्थापना



अ+ अ-

काठमाडाै। मानव अधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियान अन्तर्गत स्व.पवित्रादेवी चौलागाई मानव अधिकार श्रष्टा सम्मान, चन्द्रकला खनाल अहिंसा श्रष्टा सम्मान र ज्ञानप्रसाद खनाल सहिष्णुता श्रष्टा सम्मान गरि थप तीन वटा पुरस्कार स्थापना गरेको छ । यस अन्तर्गत प्रत्येक बर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका तीन जना श्रष्टा लाई जनही रु. २० हजार नगदसहित सम्मानपत्र प्रदान गरिने छ ।

उपरोक्त पुरस्कारहरु स्थापनार्थ अक्षय कोषका लागि स्व. पवित्रादेवी चौलागाईका छोरा मानव अधिकार तथा शान्ति समाजका सल्लाहाकार होमकान्त चौलागाईले रु. २ लाख र चन्द्रकला खनाल तथा ज्ञानप्रसाद खनालका छोरा÷बुहारीहरु मानव अधिकार तथा शान्ति समाजका  वरिष्ठ उपसभापति गोविन्द खनाल र राधिका खनाल तथा रुपन्देही शाखा सभापति धनपति खनाल र लक्ष्मी पन्त खनालले रु. ४ लाख शान्ति समाजलाई प्रदान गर्नुभएको छ ।
यी पुरस्कारहरु हरेक बर्ष महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा यसै वर्ष (२०७७) देखी  प्रदान गरिने छ ।पुरस्कृत ब्यक्तित्व छनौटका लागि शान्ति समाज केन्द्रिय कार्य समितिका सभापति उत्तम पुडासैनीको संयोजकत्वमा सल्लाहकार होमकान्त चौलागाईं, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, बरिष्ठ उपसभापति गोबिन्द खनाल, उपसभापति रेनुका पौडेल र महासचिव सुशिल बस्नेत सम्मिलित छनौट समिति गठन गरिएको छ ।यससँगै स्रष्टा सम्मान अभियान अन्तर्गत शान्ति समाजद्वारा स्थापित पुरस्कारहरुको संख्या १० पुगेको छ ।