२० असार २०८३, शनिबार
,
Latest
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । आज १२ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ६ सय ४१ पीसीआर परीक्षण भएकोमा आज ४ सय २८ महिला र ८ सय १८ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ५ सय ४, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा संक्रमण देखिएको छ । आजसम्म संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ४ सय ३०, प्रदेश नम्बर २ मा ६ सय ८७, बागमती प्रदेशमा ४ हजार ५ सय ५४ र गण्डकी प्रदेशमा ७ सय ८८ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ सय १८, कर्णाली प्रदेशमा २ सय ४९ र सुदूरपश्चिम प्रदेशमा २ सय ७७ गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ३ जना संक्रमित उपचाररत रहेका छन ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ७२, प्रदेश नम्बर २ मा १ हजार २ सय ८७, बागमती प्रदेशमा ४ हजार १ सय ८७ र गण्डकी प्रदेशमा १ सय ८२ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा  १ हजार ६७, कर्णाली प्रदेशमा १ सय ३० र सुदूरपश्चिम प्रदेशमा ३ सय १३ गरी देशभरी होम आइसोलेसनमा ८ हजार ३ सय ३८ जना रहेका छन । आज आइसियुमा १ सय ८३ र भेन्टिलेटरमा ३९ जना संक्रमित उपचाररत रहेका छन ।

आज १२ सय ४३ जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा ३ हजार ७ सय ७१, प्रदेश नम्बर २ मा ११ हजार ७ सय १७, बागमती प्रदेशमा ९ हजार ४ सय ११ र गण्डकी प्रदेशमा २ हजार ४ सय ६६ जना आजसम्म डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ८ सय ७१, कर्णाली प्रदेशमा २ हजार ६ सय ८ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ५ गरी देशभरी आजसम्म ४२ हजार ९ सय ४९ जना संक्रमित निको भएर घर फर्किएका छन ।