काठमाडौँ । नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । मंगलबार विहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशीमन्त्री फैसल विन फरहान अल साउदले हस्ताक्षर गर्नुभएको छ ।
नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनु भएका साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद ले आज उच्च स्तरीय भेटघाट गर्दे हुनहुन्छ । उहाँले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।उक्त सम्झौता पछिनेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ ।
साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो । करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन् । साउदी अरब अधिराज्यका विदेशमन्त्रीले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले दिवाभोज आयोजना गर्नुहुनेछ । मंगलबार अपराह्न उहाँ स्वदेश फर्कने कार्यक्रम छ । २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ सोमबार साँझ काठमाडौं आइपुग्नुभएको हो। उहाँ आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।












