२० असार २०८३, शनिबार
,
Latest
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामो तथा मध्यम दुरीका सवारी साधान सञ्चालनमा



अ+ अ-

काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण लामा समयदेखि बन्द रहेका लामो तथा मध्यम दुरीका सवारी साधान आजबाट सञ्चालनमा आएका छन । 

नेपालमा कोरोना संक्रमणको जोखिम बढ्सँग सरकारले गत चैत ११ गतेबाट लक डाउन जारी गरेको थियो । यातायात सेवा पनि सोही समयदेखि बन्द थियो । लक डाउन खुकुलो भएपछि छोटो दुरीका सवारी सञ्चालनमा आएपनि लामो दुरीका यातायातका साधन सञ्चालनमा आएका थिएनन । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै गाडी सञ्चालन गर्न पाइने छ । आज आज विश्वकर्मा पूजाको अवशरमा पूजा सकेर गाडीहरु चल्न सुरु भएको व्यवसायीहरुले बताएका छन । 

यातायात सञ्चालन गर्दा विगतभन्दा कम अर्थात कुल क्षमताको ५० प्रतिशत मात्रै यात्रुहरु राख्न पाइने छ । यद्यपी साविकको भाडाभन्दा ५० प्रतिशत बढाएर लिन पाउने निर्णय सरकारले गरेको छ । साथै यात्रु तथा सार्वजनिक गाडीका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ । स्वास्थ्य सावधानीका उपाय पालना गरे÷नगरेको अनुगमन गर्न ठाउँ–ठाउँमा चेकिङको व्यवस्था मिलाइएको छ । यदि पालना नगरेको पाइए कारबाही गर्ने चेतावनी सरकारले दिएको छ । लामो तथा मध्यम दूरीका यात्रुलाई खाजा तथा खाना स्थानीय प्रशासन र व्यवसायी संघले नै समन्वय गरेर खुवाउनुपर्ने छ । साथै लामो दूरीका गाडीहरुलाई बीच बाटोमा यात्रु चढाउन वा अनावश्यक काममा रोकिन बन्देज लगाइएको छ । 

उपत्यकाभित्र चल्ने यातायातको हकमा जोर विजोर प्रणाली लागु हुनेछ । अर्को आदेश नभएसम्मका लागि जोरविजोर प्रणाली लागु हुने निर्णय जिल्ला प्रशासन कार्यालयहरुले गरेका हुन । होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्चालन खुला गरिएको छ । यसअघि बारअनुसार पालो मिलाएर मात्र खोल्न पाउने व्यवसायहरु अब हप्तामा सातै दिन खोल्न सकिने निर्णय पनि प्रशासनले गरेको छ । तर सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा भने खोल्न पाइने छैन । यस्तै, शैक्षिक संस्था, सभा समारोह, पार्टी तथा विरोध ¥याली र सभामा लगाइएको रोक कायमै राखिएको छ ।