२० असार २०८३, शनिबार
,
Latest
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्र भण्डारीलाई देउवाको जवाफ- ठूलो कुरा गरेर हुदैन, चुनाव जितेर आउनु



अ+ अ-

काठमाडौँ । प्रदेश नम्बर पाँचका जनता तथा प्रतिनिधिसँग काँग्रेसले आज अन्तरक्रिया राखेको थियो । त्यसमा एकजना सहभागी थिए काँग्रेसका नेता डा.चन्द्र भण्डारी पनि । उनको बोल्ने पालो आयो र बोले । आफूले कुरा गरिसकेपति उनले केही कुरा उठिसकेकोले त्यसको जवाफ सभापति शेरबहादुर देउवाले दिनुपर्ने बताए। त्यसो त त्यहाँ बोल्न अरु पनि धेरै नेता कार्यकर्ताहरु बाँकी नै थिए । 
आफूले बोल्ने क्रममा भण्डारीले नेपाली काँग्रेसभित्र विधि र विधानको कुरा उठाएका थिए । 

यसअघि डा.भण्डारीले भनेका थिए- 'देशलाई शिर र जनतालाई काखमा राखेर पार्टीलाई सैद्धान्तिक रूपमा ड्राइभ गर्ने दिन आयो। यो पार्टी र नेताहरूलाई सम्मान गर्न हामी सक्छौं, सभापतिज्यू, हामीलाई जिम्मा दिनुस् हामी आधुनिक प्रविधिको प्रयोग गरेर महाधिवेशन सम्पन्न गरेर देखाउँछौँ ।' 

उनले भन्दै गए- ‘त्यतिमात्र होइन सभापतिज्यू, हामी कुनै पनि पोस्टमा नउठिकन महाअधिवेशन सम्पन्न गराउँछौं। यस्तो समर्पण, त्याग भएका हजारौं मानिस छन् पार्टीमा। उनीहरूले समान अवसर र न्याय पाउने कि नपाउने ? यो प्रश्नले नै पार्टीमा अन्तरघात भएको छ। कांग्रेस कमजोर बनाएको छ। अब यस्ता दिनको अन्त्य हुनुपर्छ तर कसले गर्ने ?' उनले थप्दै गए । 
त्यसपछि त्यहाँ कसैले उनलाई रोक्यो । अनि उनले आफ्ना र अरु पनि कैयौँ प्रश्नहरु उठेकोले सभापतिले त्यसको जवाफ दिनुपर्छ भने । 

अनि बोल्न थाले सभापति देउवा । चन्द्र भण्डारीजी यही पनि यहीँ हुनुहुन्छ नि ? देउवाले सोधे । हो म यहीँ छु सभापतिज्यू, सुन्दैछु । 

अनि देउवा भने- हो, त्यसो भए सुन्नुस् म तपाईंलाई नै सुनाउन खोजेको।

फेरि भण्डारी बोले- 'मैले पनि सभापतिलाई नै सुनाउन खोजेको थिएँ' 

त्यसपछि देउवाले आफू पार्टी विधानभन्दा बाहिर जान नसक्ने र विधानबमोजिम मात्र काम गर्ने जवाफ दिए । 

‘मैले चाहेर पनि पार्टी विधानभन्दा बाहिर जानै सक्दिनँ,’ देउवाले भने, ‘तपाईंलाई थाहा छ महाधिवेशन हुन्छ भनेर। तैपनि किन आशंका गर्नुहुन्छ त्यसरी ?’

देउवाले भने तपाईंलाई मेरो एउटै अनुरोध छ है, भोलि चुनाव जित्नुहोला। नेपालमा सबैभन्दा ठूला भनेका जनता हुन् क्या जनता । ‘जनता देशको मालिक हो। मलाई गाली त जसले पनि गर्न पाएकै छ नि, गर्नुस् अझै गर्दा पनि हुन्छ । तर तपाई चुनाव जितेर आउनुस् । 

देउवाको आसय थियो कि उनको विरोध गर्नुभन्दा जनताबाट जितेर आउनु ठूलो कुरा हो । 

‘मेरो विरोध गर्नु ठूलो कुरा होइन। जनतामा गएर भोटले जितिदिनुस् न त्यति गरिदिनुस् न,’ उनले भने। देउवाले आफ्नो विरोध भइरहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको कसैले विरोध नगरेको पनि दुखेसो पोखे। उनले भने होइन, तपाईँहरु मलाई मात्र किन गाली गर्नुहुन्छ ? सरकारले के गरेको छ देशमा देख्नुभएको छ ? प्रधानमन्त्री ओलीलाई किन गाली गर्नुहुन्न ? 

‘मलाई त अचम्मै लाग्छ शेरबहादुरको विरोध गर्न पाइन्छ, सबैले विरोध गर्छन् तर ओलीको विरोध कसैले गर्न सक्दैनन्, यस्तो अवस्था भइसक्यो। ओलीको विरोधमा कोही बोल्दैन, शेरबहादुरको विरोधमा जो पनि बोलेका छन्। प्रजातान्त्रिक पार्टीमा विरोध गर्न पाइन्छ, अधिकार छ, तर विरोध गर्न पाइन्छ भनेर पार्टीलाई नै अप्ठेरोमा पारेर गाली गर्ने ? 

डा.चन्द्र भण्डारी गुल्मीबाट निर्वाचन हारेका हुन् । उनको निर्वाचन क्षेत्र वर्तमान परराष्टमन्त्री प्रदीप ज्ञवालीको हो । उनी पछिल्लो र त्यस अघिको निर्वाचनमा पनि उनीसँगै हारेका थिए ।