२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरिङ्गाल पोल्न जाँदा मृत्यु



अ+ अ-

धादिङ । अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ मा अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीय अर्जुनबहादुर थापामगर रहेका छन् भने घाइते हुनेमा २४ वर्षीय राजवीर गुरुङ छन् ।
 
रुखबाट लड्दा टाउकामा चोट लागि गम्भीर घाइते भएका मगर र गुरुङलाई उपचारका लागि धादिङ अस्पताल ल्याउँदै गर्दा मगरको बाटोमै मृत्यु भएको र गुरुङलाई धादिङ अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।