२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसहमतिले पारित



प्रतिनिधिसभा बैठक
अ+ अ-

काठमाडौँ । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसहमतिले पारित भएको छ ।

सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियो ।

प्रश्तावउपर सांसदहरुले छलफल गरेका थिए । अर्थमन्त्री पौडेलले सांसदले उठाउनुभएका प्रश्नको जवाफ दिइसकेपछि सभा समक्ष सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुभयो । जसमा संसदले सर्वसहमतिले संसदबाट पारित भएको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक माघ २९ गते मंगलवार १ बजे बस्नेगरी स्थगित भएको छ ।