२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । गिरीबन्धु टी इस्टेटबारे सर्वोच्चले गरेको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा दायर भएको हो ।

अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार दायर गरेको रिटमा प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई विपक्षी बनाइएको छ। अर्यालको निवेदनमा गत वर्षको माघ २४ मा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट जारी भएको परमादेशको कार्यान्वयनमा प्रधानमन्त्री ओलीले ‘अनवरत रूपमा अवरोध सिर्जना गरेको’ उल्लेख गरिएको छ।

निवेदनमा सरकारले माघ २ मा जारी गरेको भूमिसम्बन्धी अध्यादेशले सर्वोच्चको फैसला कार्यान्वयनमा बाधा पुर्याएको उल्लेख छ। ‘नेपाल सरकारको नाममा प्राप्त गर्नुपर्ने हदबन्दी छुटका जग्गासमेत बिक्री गरी निजी रूपमा हक हस्तान्तरण गर्न पाउने व्यवस्था गर्दा फैसलाको अवज्ञा भएको छ,’ अर्यालको निवेदनमा उल्लेख छ। सर्वोच्च अदालत प्रशासनले उक्त मुद्दाको सुनुवाइ फागुन ४ गतेका लागि तोकेको छ।