२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उमेर नपुग्दै आमा



अ+ अ-

बागलुङ। बिहेवारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा चुनौती देखिएको छ । कानुनले २० वर्षअगावै बिहे गर्न वर्जित गरेपनि दुर्गम गाउँमा अझै बालविवाह व्याप्त छ ।

यहाँको निसीखोला गाउँपालिकाभित्र २० वर्ष नपुग्दै आमा हुनेको सङ्ख्या अधिक छ । निसीखोला गाउँपालिकामा एक वर्षमै २० वर्षमुनिका ५८ जना आमा बनेका छन् । गाउँपालिकाका अनुसार गत आर्थिक वर्षमा सुत्केरी भएका २१३ मध्ये ५८ जना २० वर्षभन्दामुनि सुत्केरी भएका हुन् । त्यसैगरी चालु आवमा १८ जना २० वर्षमुनिका सुत्केरी भएको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा उल्लेख छ ।

अझै पनि चेतनाको अभावमा दुर्गम गाउँमा बालविवाह व्याप्त रहेको निसीखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीमगरले बताए। यहाँको दुर्गम गाउँ चुसिबाङ, तिघ्रापानी, भुर्वाङ र निसेलढोरजस्ता गाउँमा ५० प्रतिशत गर्भवती घरमै सुत्केरी हुने गरेका छन् ।