२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जंगलभित्रका जनावरहरुलाई जंगलभित्रै बाँच्नसक्ने वातावरण मिलाउन सरकारसँग माग



प्रतिनिधिसभा बैठक
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद अञ्जनी श्रेष्ठले जंगली जनावरहरु गाउँबस्तीमा छिर्दा नागरिकहरुलाई सुरक्षा खतरा भएको भन्दै समाधान गर्न सरकारँग माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले जंगली जनावरहरु गाउँबस्तीमा छिर्दा चितवनको निकुञ्ज वरपरका नागरिकको जिउज्यान जोखिममा रहेको बताउनु भयो । उहाँले जंगलभित्रका जनावरहरुलाई जंगलभित्रै बाँच्नसक्ने वातावरण मिलाउन समेत माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चितवन जिल्लाको निकुञ्ज वरपरका नागरिकको जिउज्यनको जोखिम बढ्दै गइरहेको छ । बाघ, गैँडा र शात्तिजस्ता जनावरहरु सधैंजसो गाउँबस्तीमा हिँड्दा गाउँका मान्छेहरु असुरिक्षत महशुस गरिरहेका छन् । जंगलभित्रै ति जनावरहरु बाँच्ने व्यवस्था मिलाउनुपर्ने हो कि, जनावरको संख्या वृद्धि भएर हो कि, जनावरहरुका लागि जंगलमा खाद्य अभाव भएर हो । यसका लागि के गर्नुपर्ने हो अविलम्व समाधानको उपाय गरियोस् ।’

उहाँले जंगलभित्रका जनावरहरुलाई जंगलभित्रै खाद्यान्नको व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।




भर्खरै