२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुमराह च्याम्पियन्स ट्रफीबाट बाहिर, हर्षितलाई मौका



अ+ अ-

काठमाडौँ । भारतीय फास्ट बलर जसप्रित बुमराह च्याम्पियन्स ट्रफीबाट बाहिरिएका छन् ।

चोटबाट निको हुन नसकेपछि उनको स्थानमा हर्षित राणालाई अन्तिम टोलीमा समावेश गरिएको हो ।

फेब्रुअरी ११ आईसीसी प्रतियोगिताका लागि टोली परिवर्तन गर्ने अन्तिम मिति थियो । टीम इन्डियाले बुमराहसँगै यशस्वी जैसवाललाई पनि बाहिर राखेको छ ।

यशस्वीको स्थानमा वरुण चक्रवर्ती टोलीमा परेका छन् । यशस्वी ट्राभलिङ रिजर्भ हुनेछन्, उनीसँगै शिवम दुबे र मोहम्मद सिराज पनि रिजर्भ खेलाडीमा परेका छन् ।

बुमराहको ढाडको चोट फेब्रुअरी ७ मा स्क्यान गरिएको थियो । बुमराहलाई इंग्ल्याण्ड विरुद्धको एकदिवसीय सिरिजका लागि पनि टिममा छनोट गरिएको थियो ।

तर, उनको स्थानमा वरुण चक्रवर्तीलाई टोलीमा समावेश गरिएको थियो ।

च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलिः
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), ऋषभ पन्त (विकेटकिपर), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, वाशिंगटन सुन्दर, हर्षित राणा, मोहम्मद शामी, अर्शदीप सिंह, वरुण चक्रवती र कुलदीप यादव ।

रिजर्भः यशस्वी जैसवाल, मोहम्मद सिराज र शिवम दुबे ।