२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी  समितिको बैठक भाद्र २६ गतेका लागि बोलाइयो



अ+ अ-

काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक यहि भाद्र  २६ गते बस्ने भएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  अध्यक्षद्वय  केपी शर्मा ओली र पुष्पकमल दहाल  तथा महासचिव विष्णु पौडेलबीच भएको छलफल पछि २६ गतेका लागि बैठक बोलाउने  निर्णय भएको हो ।  

पार्टी भित्रको आन्तरिक विवादका कारण साउन १३ गते देखि स्थायी समितिको बैठक स्थगित भएको थियो । विवाद बढ्दै गएपछि दुई अध्यक्षले पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको ६ सदस्यीय कार्यदलले बुझाएको  प्रतिवेदनलाई आधार मान्दै तय गरिएका एजेण्डामा नै स्थायी समितिको बैठक केन्द्रित हुने जनाइएको छ ।