२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीयता सफल पार्न निजामती सेवाको अर्थपूर्ण भूमिका: मुख्यमन्त्री गुरुङ



अ+ अ-

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हरेक प्रशासनिक क्षेत्रको सञ्चालन गर्ने भएकाले निजामती सेवा देशको मेरुदण्ड रहेको बताएका छन् । सत्रौँ निजामती सेवा दिवस २०७७ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्र्ण निजामती कर्मचारीमा हार्दिक बधाई तथा सुस्वास्थ्य, समृद्धि, उत्तरोत्तर प्रगति एवं पेशागत मर्यादा अभिवृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

राज्यको नीति, योजना र कानूनको सफल कार्यान्वयन गराउन महत्वपूर्ण भूमिका निजामती सेवाले निर्वाह गर्दै आएको हुँदा सङ्घीयतालाई सफल पार्न तथा सरकारले लिएको ‘समृद्ध नेपाली, सुःखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नमा समेत यस क्षेत्रको भूमिका अर्थपूर्ण रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।

जनताको आकाङ्क्षाबमोजिम सुशासन र विकासको लक्ष्य हासिल गर्न दृढ राजनीतिक इच्छाशक्ति भएको राजनीतिक नेतृत्व र पारदर्शी, जवाफदेही, परिणाममुखी र सूचना प्रविधिको अधिकतम प्रयोग गर्न सक्षम प्रशासन अपरिहार्य रहेकामा समेत उनले जोड दिएका छन् ।