२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘देशलाई विश्वसामु चिनाउन खेलाडीको भूमिका महत्त्वपूर्ण’



फाइल फोटो
अ+ अ-

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले देशलाई विश्वसामु चिनाउन खेलाडीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

जिल्ला खेलकुद विकास समितिद्वारा आज सिम्ता गाउँपालिका सुर्खेतमा आयोजित १६औँ सुर्खेत जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले कम स्रोत र साधनबीच खेलाडीहरूको मेहनतले देशलाई नै विश्वसामु चिनाएको बताए।

विद्यालयले खेलकुदका माध्यम विद्यार्थीहरूलाई असल नागरिक बनाउन खेल क्षेत्रको ठूलो योगदान रहेको उनले जनाए। खेलकुदसहित समग्र क्षेत्रको विकासका लागि जनतादेखि राजनीति दल मिल्नुको विकल्प नभएको मुख्यमन्त्री कँडेलको भनाइ थियो।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले खेलकुद क्षेत्रको विकासका लागि अनवरत पहल भइरहेको बताए। खेलाडीको जीवन रक्षाका निम्ति प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट लागू हुनेगरी कर्णालीका सबै खेलाडीहरूको बिमा गरिदिने प्रतिबद्धता उनले जनाए।

त्यसैगरी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक बजेट व्यवस्थापन गर्न खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयबाट हुने जानकारी गराउँदै पूर्वप्रस्तावित मितिमै उक्त प्रतियोगिता सञ्चालन हुने विश्वास दिलाए।

उक्त कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य खड्गबहादुर पोखरेल, सुर्खेतका नौवटै स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्षरउपाध्यक्षहरूको सहभागिता रहेको थियो।