२३ जेष्ठ २०८३, शनिबार
,
Latest
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस र एमालेले चाहँदैमा चाहे अनुसारको संविधान संशोधन हुन सक्दैनः सांसद पन्त



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले काँग्रेस र एमालेले चाहँदैमा चाहेअनुसारको संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा रहेका असन्तुष्टिहरु अहिले आएर व्यक्त भइरहेको उल्लेख गर्नुभयो ।

उहाँले अहिले आएर काँग्रेस र एमालेको दुई तिहाई पुग्छ संशोधनको प्रयास शुरु गरौँ भनेर पहलकदमी भइरहेको बताउनु भयो । उहाँले संविधान संशोधनका स्पष्ट बुँदाहरु बाहिर नआइसकेको पनि बताउनु भयो । उहाँले नेपालमा अहिलेसम्म बनेका संविधानहरु संशोधन नभइकन कुनै नबाँचेको बताउनु भयो ।

उहाँले संविधानलाई बचाउन पनि संशोधन आवश्यक रहेको बताउनु भयो । सरकारले ल्याएका अध्यादेशहरु राष्ट्रिय सभाबाट पारित हुन जटिलता उत्पन्न भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानमा रहेको असन्तुष्टिहरु अहिले आएर व्यक्त हुन थालेका छन् । अब नेपाली काँग्रेस र एमालेलाई के लागेको छ भने दुई तिहाई पुग्छ भने संविधान संशोधन गरौँ भन्ने छ । यद्यपि त्यसमा धेरै होमवर्क भएर संविधान संशोधनका स्पष्ट बुँदाहरु बाहिर आइसकेका छैनन् । तर कतिपय कुराहरु संशोधन गर्न सकिन्छ भनेर गर्ने भनेर लागिएको छ । नेपालमा जुन संविधान संशोधन भएको छैन, त्यो संशोधन नभएको संविधान बाँचेको छैन । यो संविधानलाई बचाउन पनि संशोधन आवश्यक छ ।

हामी रिफर्म भएनौँ भने जान्छौँ । समयानुसार परिवर्तन हुनुपर्छ । संविधान पनि त्यही हो । संविधान संशोधन त्यति साह्रै सहज पनि देखिरहेको छैन । काँग्रेस र एमालेले चाहँदैमा चाहेकै जसरी संविधान संशोधन अघि बढ्ला भन्नेकुरामा प्रश्न छ । अध्यादेशकै विषयलाई लिएर राष्ट्रिय सभाको कम्पोज्सिनलाई लिएर कुनै पास हुने र कुनै नहुने खालको स्थिति देखिएको छ । छलफल जरुरी र संशोधनको दिशातिर सर्वसहमतिले गर्ने भन्ने हो ।’

सांसद पन्तले संविधान संशोधनको बहस र छलफल आवश्यक रहेको बताउनु भयो ।