१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम राष्ट्रिय भर्चुअल सेल्फ (डिफेन्स हाप्किडो च्याम्पियनसिपमा आयोजको टोली च्याम्पियन



अ+ अ-

काठमाडौं । नेपाल मार्शल आर्ट्स हाप्किडो संघको व्यवस्थापन तथा नुवाकोट जिल्ला मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा भएको प्रथम राष्ट्रिय भर्चुअल सेल्फ (डिफेन्स हाप्किडो च्याम्पियनसिपमा आयोजको टोली च्याम्पियन भएको छ । शनिबार सम्पन्न भएको प्रतिस्पर्धामा नुवाकोटका चार खेलाडीले स्वर्ण जिते । समीर गुरुङ, दिनेश गुरुङ, निमेष गुरुङ र मनराज गुरुङले आयोजक नुवाकोटलाई च्याम्पियन बनाएका हुन् ।

दाङको टोली दोस्रो तथा कास्की तेस्रो भयो । दाङका चेतन वली र गोपाल बि.के., कास्कीका कृतिका गिरी र अन्जना परियारले स्वर्ण जितेका थिए । प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीले जनही दस हजार प्राप्त गरेको आयोजकका अध्यक्ष मनोज गुरुङले जानकारी दिए । यस्तै, रजत जित्ने खेलाडीले सात हजार पाँच सय र कास्य पदक जित्ने खेलाडीले पाँच हजार प्राप्त गरेको उनले जानकारी दिए । सहभागी सबै खेलाडीहरुले प्रमाणपत्र र मेडल प्राप्त गरेका थिए ।