१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरना संक्रमणबाट मोरङमा थप दुई जनाको मृत्यु



अ+ अ-

मोरङ । कोरना भाइरसको संक्रमणबाट मोरङमा थप दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा विराटनगर-४ निवासी ६४ वर्षीय महिला र कदमाहाका ५२ वर्षीय पुरुष रहेको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मी नारायण यादवले जानकारी दिए।

विराटनगरकी महिलाको भने शुक्रबार बेलुकी मृत्यु भएनि उनको शनिबार बिहान रिपोर्ट पोजेटिभ आएको थियो । महिलालार्ई पखला र सास फेर्न गाह्रो रहेको र अवस्था गम्भीर रहेको डा. यादवले जनाए।

अहिले मृतकको शव व्यवस्थापनको लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको अस्पतालले जनाएको छ।

यस्तै कदमाहाका पुरुषको भने शनिबार बिहान साढे ११ बजे मृत्यु भएको डा. यादवले बताए।

ती पुरुषलाई पनि शु्क्रबार नै कोसी अस्पताल ल्याइएको थियो।

ज्वरो र सास फेर्न गाह्रो भएपछि उनलाई आइसोलेसनमा भर्ना गरेर कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको थियो।

त्यसपछि बेलुकी रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोभिड(१९ अस्पताल रिफर गरिएको डा. यादवले जनाए।

उनको शव पनि नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने छ।