१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा कर्फ्यू हटाएपछि फेरि निषेधाज्ञा जारी !



अ+ अ-

काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १० बजेबाट कर्फ्यू हटाएको छ । तर कर्फ्यू हटाए पनि फेरि जिल्लाका दुई क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । यहाँ मच्छिन्द्रनाथको रथ तान्ने क्रममा बिहीबार झडप भएपछि त्यहाँ तनाव उत्पन्न भएको छ । रथ तान्दा बिहीबार प्रहरी र रथ तान्न आएका व्यक्तिबीच झडपपछि प्रशासनले शुक्रबार बिहानदेखि राति १० बजेसम्म कर्फ्यू  लगाएको थियो। कर्फ्यू अहिले राति १० बजेबाट हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  

कर्फ्यू  हट्ने भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले मछिन्द्रनाथको रथ रहेको ठाउँ पुल्चोक र मंगलबजारलाई निषेधित क्षेत्र घोषणा गरेको हो । रथ रहेको क्षेत्रमा पूर्व मदनस्मारकदेखि पश्चिममा महानगरपालिकाको कार्यालय, उत्तरमा बख्खुडोल र दक्षिण सेन्ट जेभियर स्कुलसम्मलाई निधेषित क्षेत्र घोषणा गरिएको छ। त्यस्तै मंगलबजारतर्फ पूर्व मंगलबजार चोक, पश्चिम मदनस्मारक अगाडिको चोक, उत्तरमा तिमबहाल र दक्षिण पूर्णचण्डी मन्दिरसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो। 

ती क्षेत्रमा घोषणा गरिएको निषेधाज्ञा शनिबार बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म लागू हुने जानकारी जिल्ला प्रशासनले दिएको छ । निषेधाज्ञा जारी गरिएका क्षेत्रमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नदिइने सो सूचनामा बताइएको छ ।