२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सदनका सांसदलाई अर्को सदनले खेद प्रश्ताव पारित गर्नु दुःखद् छः सांसद पन्त



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले एक सदनका सांसदले बोलेको कुरालाई अर्को सदनले खेद प्रश्ताव पारित गर्ने अवस्था आउनु दुःखद् भएको बताउनुभएको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसद दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भएको खण्डमा संसदीय व्यवस्थालाई असर गर्ने पनि बताउनु भयो । उहाँले यस्तो द्वन्द्व बढ्दै गयो भने यसले दुई सदनको बीचमा विवाद उत्पन्न गराउने र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउनेभयो । उहाँले राष्ट्रिय सभा भनेको वृद्धाश्रम नभएको पनि बताउनु भयो । राष्ट्रिय सभालाई वृद्धाश्रम भनेर आलोचना र बेइज्जत गर्नु नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो संविधानले दुई सदनात्मक संसदीय व्यवस्था गरेको छ । यि दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भयो भने त्यसले संसदीय व्यवस्थालाई असर गर्दछ । हामी कसैले पनि बोलेको कुरा एक सदनका सांसदले बोलेको कुरालाई अर्को सदनले खेद प्रश्ताव पारित गर्ने अवस्था आउनु आफैँमा दुःखद् हो । यस्तो द्वन्द्व बढ्दै गयो भने यसले दुई सदनको बीचमा विवाद उत्पन्न गर्दछ र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउँछ । राष्ट्रिय सभा भनेको वृद्धाश्रम होइन । तर राष्ट्रिय सभा भनेको पाकाहरुको सदन हो । त्यो सदनलाई वृद्धाश्रम भनेर हामीले आलोचना र बेइज्जत गर्नु हुँदैन । लोकतन्त्र आफैँमा एउटा सुसंस्कृत प्रणाली हो, यसलाई हामीले एक अर्कोले सम्मान गर्नुपर्छ । अहिले जसरी प्रतिनिधि सभाका एक जना मान्य सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाले खेद प्रश्ताव पारित गरेको छ । त्यो आफैँमा दुःखद् हो । हामी यसबाट पाठ सिकौँ, कसै व्यक्तिलाई दोष नदिउँ । दुवै सदनको बीचमा द्वन्द्व उत्पन्न हुने काम नगराँै र एकले अर्कालाई सम्मान गर्दै अघि बढौँ ।’

उहाँले दुवै सदनको बीचमा द्वन्द्व उत्पन्न हुने काम गर्न नहुने र एकले अर्कोलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।