१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १३५९ जनामा कोरोनाको संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । आज १ हजार ३ सय ५९ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३ हजार ६ सय ३८ वटा पीसीआर परीक्षण भएकोमा ४ सय ६४ महिला ८ सय ९५ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण देखिएको छ । आजसम्म पीसीआर विधिबाट ७ लाख ४५ हजार ४ सय ९० परीक्षण भएकोमा ४४ हजार २ सय ३६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

आज १ हजार ३ सय ५३ जना संक्रमित डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा २ हजार १, प्रदेश नम्बर २ मा ७ हजार ३ सय ५७, बागमती प्रदेशमा २ हजार ६७ र गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना संक्रमणमुक्त भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार २ सय ७६, कर्णाली प्रदेशमा २ हजा १ सय ३७ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ जना गरी देशभरी २५ हजार ५ सय ६१ जना संक्रमित संक्रमणमुक्त भएका छन । 

सक्रिय संक्रमितको संख्या देशभरी १८ हजार ४ सय ४ जना रहेको छ । प्रदेश नम्बर १ मा १ हजार १ सय १६, प्रदेश नम्बर २ मा ७ सय ५२, बागमती प्रदेशमा ५ हजार ५ सय ७५ र गण्डकी प्रदेशमा ७ सय ८० जना संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ जहार २ सय ५६, कर्णाली प्रदेशमा ४ सय ६१ र सुदूरपश्चिम प्रदेशमा १ हजार २ जना गरी देशभरी संस्थागत आइसोलेसनमा १० हजार ९ सय ४२ जना उपचाररत रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ३८, प्रदेश नम्बर २ मा ३ हजार ७ सय ५७ बागमती प्रदेशमा २ हजार ३ सय १५ र गण्डकी प्रदेशमा ४३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय १९, कर्णाली प्रदेशमा ३९ र सुदूरपश्चिम प्रदेशमा  १ सय ५१ जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार ४ सय ६२ जना संक्रमित रहेका छन । 

प्रदेश नम्बर १ मा ५, प्रदेश नम्बर २ मा २८, बागमती प्रदेशमा ९०, गण्डकी प्रदेशमा ५, प्रदेश नम्बर ५ मा २० र कर्णालीमा ३ जना गरी देशभरी १ सय ५१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर १ मा ३, बागमती प्रदेशमा १९ र प्रदेश नम्बर ५ मा ४ जना गरी २६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन । आज क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना रहेका छन ।