२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुख कटान गरेको आरोपमा दुई जना पक्राउ



अ+ अ-

महोत्तरी। जिल्लाको टुटेश्वर सवडिभिजन वन क्षेत्रबाट स्वीकृतिबिना संरक्षित प्रजातिका ६९ थान रुख कटान गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसहित दुई जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा प्राधिकरणको ढल्केवर प्रसारण केन्द्रमा कार्यरत धनुषाको मिथिलाबिहारी नगरपालिका–८ बस्ने कुलदीप यादव र धनुषाकै लक्ष्मीनियाँ गाउँपालिका–९ बस्ने चन्देश्वर यादव रहेको टुटेश्वर सवडिभिजन वन कार्यालयले जनाएको छ।

हेटाँैडा–ढल्केवर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणका लागि वन कार्यालयको स्वीकृतिबिना नै रुख कटान गरिरहेको अवस्थामा उनीहरूलाई आइतबार कार्यालयका अधिकृत राकेश विश्वकर्माको नेतृत्वमा खटिगएको टोलीले नियन्त्रणमा लिएको हो।

प्राधिकरणका कर्मचारी यादवलाई वन अधिकृतसहितको टोलीले ६९ वटा साखु, असना र कर्माका प्रजातिका संरक्षित रुख कटान गरेको अवस्थामा वन क्षेत्रबाट नियन्त्रणमा लिइएको अधिकृत विश्वकर्माले बताए। दुवै जनालाई टुटेश्वर सवडिभिजन वन कार्यालयले वन मुद्दाअन्तर्गत महोत्तरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको उनले बताए। रासस