२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्फ्यूपछि ललितपुर जे देखियो, हेरौ यी तस्बिरहरु



अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कफ्र्यु आदेश जारीगरेपछि ललितपुर क्षेत्र सुनसान देखिएको छ । 

कोरोना संक्रमणको जोखिममा भिडभाड बढेको भन्दै प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो । ललितपुर महानगरपालिका क्षेत्रको रिङरोड भित्र कफ्र्यु आदेश जारी भएको छ । आज विहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको हो । 

हिजो दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न निस्किएको स्थानीयको भिडलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडपपछि सुरक्षा अधिकारीहरूको बैठकले कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेको भन्दै कफ्र्यु आदेश जारी गरेको हो । अहिले ललितपुर क्षेत्र सुनसान देखिएको छ । त्यहाँ सुरक्षा चेकजाँचमा पनि कडाई गरिएको छ । त्यसो त उपत्यका भित्र निषेधाज्ञा जारी नै छ । ललितपुरमा स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि कफ्र्यु आदेश जारी गरिएको हो । 

ललितपुर पुरै जिल्ला नभएर बल्खु पुल, मनहरा पुलदेखि महानगरभित्रको चक्रपथ क्षेत्रमा कफ्र्यु लगाइएको हो । कर्फ्यूको समयमा भेला, जम्मा, जुलुशलगायत गतिविधि गर्न पाईदैन । यस्तै कुटनीतिक नियोग, प्रेस, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरकारी सवारीहरूलाई आवागमनमा कुनै बाधा पर्ने छैन ।