२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री समक्ष अर्थमन्त्री खतिवडाले बुझाए राजीनामा



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिएका छन् । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् । 

सरकारले राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने भएपछि खतिवडाले बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकका क्रममा प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् । 

संवैधानिक हैसियतामा उनले शनिबारदेखि मन्त्रीको हैसियतमा काम गर्न नमिल्ने भएपछि आजै राजीनामा दिएका हुन् ।

६ महिना अघि फागुन २१ गते अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका खतिवडाले ओलीलाई बिहीवार नै राजिनामा दिन्छु भनेको स्रोतले बताएको छ ।