२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महासचिव सँग रुसी कुटनैतिक अधिकारीको भेट



अ+ अ-

काठमाडौं -विश्व राजनीतिमा हलचल आए सँगै रसियन कुटनैतिक अधिकारीले भेटवार्तालाई तिब्रता दिएका छन् ।

यसैबीच नेकपा एमालेका महासचिव शंकर पोखरेललाई नेपालस्थित रुसी दूतावासका डिसीएम, मिनिस्टर-काउन्सिलर आन्द्रे किसेलेन्कोले भेटवार्ता गरेका छन्। भेटवार्ताको क्रममा द्विपक्षीय सम्बन्धको विकासका समसामयिक मुद्दाहरूमा छलफल भएको बताइएको छ।

दुतावासका प्रतिनिधिले महासचिव पोखरेलसँग विश्व राजनीति र रुसका प्राथमिक एजेन्डा बारे पनि छलफल गरेको बुझिएको छ । भेट पछि दुतावासले विज्ञप्ति जारि गर्दै द्विपक्षीय संवादले एकअर्काको अडान र सम्भावित सहयोगका क्षेत्रहरूको पहिचान गर्न समान बुझाई भएको उल्लेख गरेको छ । नेपाल र रुस बीचको सम्बन्ध औपचारिकतामा मात्र रहेको बेला यो भेटलाई महत्वको साथ् हेरिएको छ।

नेपाली युवालाई अवैध रुपमा रुस लगेर सेनामा भर्ति गरेको र युद्धमा होमेको विषयमा रुसले अहिले सम्म मुख खोलेको छैन । यो काम मानव तस्करले गरेको भनिए पनि औपचारिक रुपमा रुसाले केहि बताएको छैन। रुस युक्रेन युद्धमा २० जना भन्दा बढी नेपाली युवाको ज्यान गइसकेको छ।