२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि घट्यो सुनको मुल्य, हेर्नुहोस् कतिमा भइरहेको छ कारोबार



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुनको मूल्य तोलामा एक सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार  ९ सय निर्धारण गरिएको छ । 

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय थियो भने तेजावी सुनको मूल्य ९६ हजार रहेको थियो । 

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३१० रहेको महासंघले जनाएको छ ।