२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी भूमिमा नेपालको स्वाभिमानमाथि धावा बोलियो, ओडिसा घटनाको छानविन होस्ः सांसद विश्वकर्मा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले ओडिशा घटनाले विदेशी भूमिमा नेपालीको स्वाभिमानमाथि धावा बोलिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायको लागि नेपाली विद्यार्थीले आन्दोलन गर्दा अनुसन्धान गर्नुको साटो उल्टै उनीहरुलाई कलेज र होस्टेलबाट निकाएलिएको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले प्रकृति लम्सालले आफूमाथि दुव्र्यवहार भइरहेको रिपोर्ट गरेको भएपनि विश्वविद्यालय प्रसाशनले बेवास्ता गर्दा यस्तो घटना भएको बताउनु भयो । उहाँले उक्त घटनाम संलग्न अपरधीलाई उम्किने छुट नदिन सरकारको ध्यानाकर्षण गराउनु भो ।

उहाँले भन्नुभयो,‘आज दुःखका साथ भन्नु परिरहेको छ कि यो देशको स्वाभिमान निहुरिएको छ । र सम्पूर्ण नेपालीको स्वाभिमानमाथि फेरि विदेशी भूमिमा धावा बोलिएको छ । भारतको ओडिशा राज्यको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी०मा अध्ययनरत बुतवलका प्रकृति लम्सालको जुन संकास्पद रुपमा होस्टेलमा मृत शरीर फेला प¥यो । त्यसलाई लिएर त्यहाँ अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले प्रशासनलाई दबाब हाले । त्यो दबाब स्वरुप प्रशासनले सत्यतथ्यको छानविन गर्नुको बदला विद्यार्थीलाई रेस्टिगेट गर्ने, होस्टेल र कलेजबाट निकाल्ने र उनीहरुलाई बसमा राखेर रेलवे स्टेसनमा छोड्ने काम भयो । यो अत्यन्तै दुःखद् घटना हो । लम्सालले रिपोर्ट गर्दा समेत त्यहाँको प्रशासनले कुनैपनि सुरक्षाको प्रत्याभूति गरेन । त्यसको फलस्वरुप उनको मृत्यु हुन पुगेको छ । र अहिले त्यहाँका विद्यार्थीहरुले प्रशासनलाई दबाब हाल्दाखेरि उनीहरुमाथि जुन दुव्र्यवहार भएको छ ।’

उहाँलेले नेपाली विद्यार्थीमाथि भएको ज्यादतिमा पहल गर्न समेत सरकारसँग माग गर्नुभयो । सांसद मदनकुमारी शाह गरिमाले ओडिसा घटनाले नेपालको मन अपमानको आगोमा जलिरहेको बताउनु भयो । उहाँले ओडिसा घटनामा नेपालले एउटा सुन्दर सपना देखेको सक्षम युवा गुमाएको बताउनु भयो । विश्वविद्यालयले घटनाको छानविन गर्नुको सट्टा आफ्नो इज्जत जोगाउन विज्ञप्ति निकालेको भन्दै आपत्ति जनाउनु भयो । यस घटनाको सत्यतथ्य छानविन गर्न कुटनीतिक पहलका लागि नेपाल सरकारको ध्यानार्काण गराउनु भयो ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले ओडिसा घटनाको सत्यतथ्य छानविन गरी घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको शंकास्पद ‘मृत्यु’ पश्चात विरोध गर्ने नेपाली विद्यार्थीलाई रातारात निकाल्ने र दुव्र्यवहार गर्ने सुरक्षा अधिकारीलाई कारबाही गरिएको केआईआईटीका रजिष्ट्रारले जनाएका छन् ।




भर्खरै