२३ जेष्ठ २०८३, शनिबार
,
Latest
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन ७ हामी नेपालीको जीवनमा सर्वाधिक महत्वपूर्ण दिन : प्रधानमन्त्री ओली



फाइल फोटो
अ+ अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ७५औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपाली जनतालाई शुभकामना दिएका छन् ।

७५ औं प्रजातन्त्र दिवसको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै उनले आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन भएको बताएका छन्।

‘फागुन ७ गते। आजको दिन- हामी नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन हो। गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना,’ उनले शुभकामना सन्देशमा भनेका छन्।

प्रधानमन्त्री ओलीले जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत अमर शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान व्यक्त गरेका छन् ।