२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले स्ववियु निर्वाचनमा उम्मेदवारी नदिने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवारी नदिने भएको छ ।

आगामी ५ चैतमा त्रिविका सम्बन्धन र आंगिक क्याम्पसहरूमा हुन लागेको स्ववियु चुनावमा रास्वपाले दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको हो ।

स्ववियु चुनावमा रास्वपाका तर्फबाट उम्मेदवार नहुने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । उनले भने, ‘स्वतन्त्र विद्यार्थी युनियन स्वतन्त्र नै हुनुपर्दछ । त्यसैले स्वतन्त्र भएर शैक्षिक हितको लागि काम गर्ने विद्यार्थी नेताहरू निर्वाचित हुनुपर्दछ । दलीय हिसाबले हुनु हुँदैन । स्वतन्त्र रूपमा उठेका उपयुक्त पात्रलाई समर्थन गर्न पार्टीले आह्वान गर्छ ।’

स्ववियुमा विद्यार्थी हक हित, शैक्षिक वातावरण सुधार लगायका काममा क्रियाशील विद्यार्थी नेताहरू विजयी हुनुपर्ने बुर्लाकोटीले बताए ।

स्ववियु निर्वाचन आंगिकतर्फ ६२ र सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा हुने भनिएको छ ।




भर्खरै