२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर कारोबार ४ अर्ब नाघ्यो, नेप्से परिसूचक १५ सय भन्दा माथि



अ+ अ-

काठमाडौं । बुधबार शेयर बजारमा ४ अर्ब बढीको कारोबार भएको छ भने नेप्से परिसूचक १५ सय अंक भन्दा माथि पुगेको छ ।

नेप्से परिसूचक २५ दशमलव ५८ अंकले बढेर १ हजार ५ सय १० दशमलव ५७ अंकमा बन्द भएको छ । नेप्से ६ महिना पछि १ हजार ५ सय भन्दा माथिको अंकमा पुगेको छ । यस अघि नेप्से २०७६ फागुन १८ गते (मार्च १) मा १ हजार ६ सय २० अंकमा पुगेको थियो भने त्यसको दुई दिन पछि १ हजार ५ सय १ अंकमा झरेको थियो । त्यस यता निरन्तर गिरावट आउदा २०७७ असार १५ गते (जुन २९) मा १ हजार १ सय ७८ अंकमा झरेको थियो । त्यसयता शेयर बजार फेरी बढ्न थालेको थियो । 

लकडाउनका कारण अर्थतन्त्रमा ठूलो असर परेपनि शेयर बजारमा भने चमक देखिएको छ । यसअघि लकडाउनमा लामो समय बन्द रहेको शेयर बजार पछिल्लो पटक भने अनलाइन कारोबार सम्भव भएपछि बन्द भएको छैन । निषेधाज्ञामा पनि खुलेको बजारमा लगानीकर्ताको आकर्षण देखिएको छ । अहिले ब्रोकर कार्यालयमा जाने अवस्था पनि छैन त्यसैले लगानीकर्ताले अनलाइनमार्फत कारोबार गरिरहेका छन् । त्यसैको असर बुधबरको शेयर बजारमा परेको मान्न सकिन्छ । बुधबार १ सय ८६ कम्पनीको ४ अर्ब १८ करोड १० लाख ३६ हजार रुपैयाँ बढीको ९६ लाख ८६ हजार ९ कित्ता शेयर खरिद विक्री भएको छ । यो कारोबार नेप्सेको इतिहासमा एकै दिनमा भएको कारोबारलाई हेर्नेहो भने बुधबार दोस्रो ठूलो कारोबार हो । यसअघि २०७६ फागुन १५ गते ४ अर्ब ३६ करोड रुपैयाँ बारबरको कारोबार भएको थियो ।

बाजरमा कारोबार बढ्नुको कारण अर्थतन्त्रका अन्य सबै क्षेत्र बन्द रहनु पनि हो । अन्य क्षेत्रमा लगाउने पैसा शेयर बाजरमा भित्रिदा कारोबार रकम बढ्न गएको आकलन लगानीकर्ताहरुको छ । 
बुधबार जीवन बीमा र निर्जीवन बीमा समूह बाहेकका सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै अन्य समूहमा वृद्धि भएको छ भने बैंकिङ, विकास बैंक, फाइनान्स लगायतका समूहमा पनि आकर्षक वृद्धि देखिएको छ । सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको ६७ करोड ४२ लाख रुपैयाँ बढीको भएको छ भने अन्य आठवटा कम्पनीको कारोबार पनि १० करोड रुपैयाँ भन्दा बढीको भएको छ । बुधबार १५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्सेमा उच्च कारोबार हुँदा परिसूचकले पनि साथ दिएको छ । तरपनि प्रभु इन्स्योरेन्स र प्रुडेन्सीयल इन्स्योरेन्सको शेयर मूल्य ४ प्रतिशत बढीले घटेको छ ।