२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको ‘जनतासँग माओवादी जागरण अभियान’ फागुन १२ गतेदेखि



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले यही फागुन १२ देखि हुलाकी राजमार्गकेन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ शुरु गर्ने भएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान शुरु हुने जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजर्मा केन्द्रित जागरण अभियानको शुभारम्भ नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकवलबाट गरिने बताउनु भयो । उहाँले अभियानको समापन चैत्र ८ गते कञ्जनपुरमा पुगेर गरिने बताउनु भयो । उहाँकाअनुसार तराई क्षेत्रका नागरिकहरुले भोग्नुपरेका समस्याहरुको बारेमा जागरण अभियान केन्द्रित हुनेछ ।

उहाँले भन्नुभयो, ‘जनतासँग माओवादी हुलाकि राजमार्ग तराई–मधेस जागरण अभियान फागुन १२ गते नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकवलबाट शुरु हुँदैछ । र त्यो अभियान आउँदो चेत्र ८ आठ गते कञ्चनपुरमा समाप्त हुनेछ । यो अभियान खासगरि तराई–मधेस जागरण अभियान हुनेछ । र यसमा हुलाकी मार्गलाई आधार बनाएर सुरु गरिने छ । अभियानक्रममा तराई क्षेत्रका नागरिकहरुले भोग्नुपरेका समस्याहरुमा हामी केन्द्रीत हुनेछौं । त्यसमा हामी अध्यक्ष र उपमहासचिवसम्म त्यहाँ जानेछौं । अभियानका क्रममा सांस्कृतिक टोली पनि समावेश गरिनेछ । त्यस अवधीभर हामी जनताकै घरमा बस्नछौं ।’

अभियानअन्तर्गत फागुन १२ गते झापा भेटघाट, अन्तरक्रिया तथा सभा हुने बताइएको छ । फागुन १३ मा मोरङमा भेटघाट, अन्तरक्रिया तथा सभा गर्ने कार्यतालिका छ । फागुन १५ मा सुनसरीमा भेटघाट, अन्तरक्रिया तथा सभा हुनेछ । अभियान फागुन १६ देखि २४ सम्म मधेश प्रदेशमा हुनेछ । फागुन १६ मा सप्तरी, १७ गते सिरहा, १८ गते धनुषा, १९ गते महोत्तरी, २१ गते सर्लाही, २२ गते रौतहट, २३ गते बारा र २४ गते पर्सामा आमसभा, भेटघाट र अन्तरक्रिया बताइएको छ । फागुन २५ गते चितवनको भरतपुरमा सभा तथा अन्तरक्रिया हुनेछ । नवलपुर (नवलपरासी पूर्व) मा फागुन २६ गते सभा हुनेछ भने २७ गते लुम्बिनी प्रदेशको नवलपरासी पश्चिममा सभा, भेटघाट र अन्तरक्रिया कार्यक्रम हुने प्रवक्ता सापकोटाले बताउनु भयो । २८ फागुनमा रुपन्देहीमा कार्यक्रम हुनेछ भने चैत २ मा कपिलवस्तु र ३ चैतमा दाङमा कार्यक्रम आयोजना हुनेछ । त्यस्तै ४ चैतमा बाँके, ५ गते चैतमा बर्दिया, ६ चैतमा कैलाली र ७ चैतमा कञ्चनपुरमा कार्यक्रम गरी अभियानको समापन पार्टीले जनाएको छ ।