२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी खेलाडीसहित राष्ट्रिय पुरुष रग्बी सेभेन्स हुँदै



अ+ अ-

काठमाडौँ । गोर्खाली सेभन्स राष्ट्रिय पुरुष रग्बी प्रतियोगिता आगामी फागुनको तेस्रो सातामा चितवनको भरतपुरमा हुने भएको छ ।

गोर्खाली रग्बी क्लबको आयोजना तथा नेपाल रग्बी संघका प्राविधिक सहयोगमा आगामी फागुन १६ र १७ गते चितवनमा गोर्खाली रग्बी सेभेन्स ट्रफी हुन लागेको हो । आयोजक गोर्खाली रग्बी क्लवले शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका बारेमा जानकारी दियो ।

२०७४ सालदेखि संघले आयोजना गरेको विभिन्न राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्दै आए पनि यसपल्ट आफैँ व्यवस्थित रूपले प्रतियोगिता सञ्चालन गर्न लागेको गोर्खाली रग्बी क्लवका अध्यक्ष रोहित कार्कीले जानकारी दिए ।

यस प्रतियोगितामा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लव र एपिएफसहित पाँच प्रदेशका साथै आयोजक गरी कुल आठ टोलीले प्रतिष्पर्धा गर्नेछन् ।
एक विभागीय टोली नेपाल पुलिस क्लव भने आन्तरिक कारणले सहभागी नभएको आयोजक गोर्खाली क्लबका सचिव प्रेमबहादुर कोइरालाले जानकारी दिए ।

भरतपुरस्थित कृष्णपुर रंगशालामा प्रतियोगिताका खेलहरू सञ्चालन हुनेछन् । कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदको तयारीलाई लक्षित गरी यो प्रतियोगिता सञ्चालन गरिएको नेपाली राष्ट्रिय पुरुष रग्बी टोलीका पूर्वकप्तान तथा क्लबका उपाध्यक्ष कृष्ण थापा क्षेत्रीले जानकारी दिए । सहभागी हरेक टोलीले पाँच जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिएको छ ।

अहिलेसम्म आयोजक गोर्खाली रग्बी क्लवले तीन जना विदेशी खेलाडी समावेश गर्ने तय भइसकेको छ । विजेताले दुई लाख तथा उपविजेताले एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले भर्दना काउचरबाट एक सेट इटालियन सुट पाउने आयोजकले उल्लेख गरेको छ । खेल सञ्चालन गर्नका लागि विदेशी रेफ्रीलाई भित्राउने तयारी पनि भइरहेको पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ । दोस्रो संस्करणदेखि विदेशी क्लबलाई पनि भित्राउने आयोजकले जनाएको छ ।

यसपल्ट अन्तिम समयमा तयारी गरेकाले विदेशी क्लव आउन नसकेको उनको भनाइ छ । आयोजकले पहिलोपल्ट रग्बीमा ठूलो धनराशिको प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् (राखेप), भरतपुर महानगरपालिका, प्रदेश खेलकुद विकाश परिषद् वागमती, चितवन मेडिकल कलेज, होलिडे ट्रिप नेपाल प्रालीलगायतको सहयोग रहनेछ । गोर्खाली क्लबबाट हालसम्म सेभेन्स र फिफ्टिन ‘ए’ साइडमा गरी कुल १२ जना खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाएको आयोजकले जनाएको छ ।

गोर्खाली क्लवले कर्णाली प्रदेशका विभिन्न स्थानमा स्वयम् सेवक प्रशिक्षक पठाएर त्यहाँ विभिन्न उमेरसमूहका खेलाडी उत्पादन गरेको उल्लेख गरेको छ । त्यसका लागि कर्णाली प्रदेशसँग दुई वर्षको सहकार्यका लागि सम्झौता पनि गरिसकेको छ ।