२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती गोल्ड कपः एपिएफलाई हराउँदै चर्च ब्वाइज फाइनलमा



अ+ अ-

मकवानपुर। जिल्लाको बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा चर्च ब्वाइज युनाइटेड प्रवेश गरेको छ।

आज झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) लाई दुईका विरुद्ध तीन गोल अन्तरले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।

चर्च ब्वाइजको जितमा विदेशी खेलाडी आर्मण्डले खेलको दोस्रो हाफको २८औँ र ३२औँ मिनेटमा दुई गोल गरेका छन् भने सुमित श्रेष्ठले खेलको ८५औँ मिनेट एक गोल थप्दै समूहलाई अग्रता दिएका हुन्।

एपिएफका लागि बुद्धिमान राईले खेलको पहिलो हाफको ३६औँ मिनेटमा र हरि कार्कीले दोस्रो हाफको ४३औँ मिनेटमा गोल गरेका थिए। आजको खेलमा ‘म्यान अफ द म्याच’ विदेशी खेलाडी आर्मण्ड घोषित हुँदै नगद रु १० हजार प्राप्त गरेका छन्।

यो जितसँगै चर्च ब्वाइज गोल्ड कपको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। प्रतियोगितामा एपिएफले संकटालाई र चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका थिए। एपिएफ गत संस्करणको उपविजेता टोली हो भने चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोली हो।

गत संस्करणमा एपिएफ मच्छिन्द्रसँग पराजित हुँदै उपविजेता बनेको थियो। प्रतियोगिताको दोस्रो सेमिफाइनल भोलि मच्छिन्द्र फुटबल क्लब र थ्री स्टारबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल यही फागुन १२ गते हुनेछ।

प्रतियोगिताको उपाधि विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन्। यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख एक हजार र विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।