१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटमा सवारी साधनमा जोरबिजोर लागू



अ+ अ-

नुवाकोट । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा सञ्चालन हुने निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । केन्द्रको मङ्गलबार बसेको बैठकले गए राति १२ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि निजी सवारीसाधन सञ्चालन गर्दा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

बैठकले सार्वजनिक सवारी साधन सञ्चालन, धार्मिक कार्यक्रम सञ्चालन, शैक्षिक संस्था सञ्चालन, खेलकुद गतिविधि सञ्चालनलगायतका भीडभाड हुने कार्यलाई रोक लगाउने विगतको निर्णयलाई निरन्तरता दिएको छ । शिवपुरी गाउँपालिमा भदौ ११ गतेदेखि एक साताको लागि लागू गरिएको निषेधाज्ञालाई पुनः एक साता थप गरिएको र नुवाकोट प्रवेश गर्ने ककनी नाकाको ककनी गापा वडा नं १ र २, धादिङबाट नुवाकोट प्रवेश गर्ने नाका भएको बेलकोटगढी नपा वडा नं २ र ५ मा भने भदौ २३ गतेसम्म निषेधाज्ञा कायमै राखिएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए ।
 
बैठकले जिल्लामा रहेको कलकारखाना स्थानीय जनशक्ति प्रयोग गरी, भौतिक दूरी कायम गरी, स्वास्थ्य मापदण्ड पूरा गरेर कामदारलाई बाहिरको व्यक्तिसँग सम्पर्क हुन नदिई खाना र बासको छुट्टै व्यवस्था गरी सञ्चालन गर्न सकिने निर्णय गरेको छ । बैठकले जिल्ला प्रवेश गर्ने सबै नाकामा कडाइ गर्ने, एम्बुलेन्स, शवबाहन, तरकारी, कुखुरा र चल्ला बोक्ने गाडीबाहेक निजी सवारी साधन मोटरसाइकलसमेत प्रवेश गर्न नदिने र पैदल पनि प्रवेश गर्न पूर्ण रोक लगाउने निर्णय गरेको छ । जिल्लामा हालसम्म ८९ सङ्क्रमित भएकामा ७१ जना निको भई घर फर्किसकेका छन् ।