२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपिए कैलाली प्रिमियर लिग–३ : गोदावरी र पुर्नवास ‘बी’ सेमिफाइनलमा प्रवेश



अ+ अ-

कैलाली। धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ को सेमिफाइनल पुग्ने दुई टोलीको आज टुङ्गो लागेको छ ।

समूह ‘ए’ बाट विजेता बन्दै गोदावरी नगरपालिकाको टिम र समूह ‘बी’ बाट समूह विजेता बन्दै पुर्नवास नगरपालिका ‘बी’ को टिम सेमिफाइनल पुगेका हुन् । समूह ‘ए’ मा रहेका पुनर्वास नगरपालिका ‘ए’ र शुक्लाफाँटा नगरपालिका तथा समूह ‘बी’ मा रहेका जोरायल गाउँपालिका र घोडाघोडी नगरपालिका प्रतियोगिताबाट बाहिरिएका छन् ।

आज सम्पन्न प्रतियोगिताको पाँचौँ खेलमा गोदावरी नगरपालिका विजयी भएको छ । प्रतियोगितामा दोस्रो खेल खेलेको गोदावरीले ५ विकेटको जीत हासिल गरेको छ । पुनर्वास नगरपालिका ए भने लगातार दोश्रो खेलमा पराजित हुँदै प्रतियोगीताबाट बाहिरिएको छ । पुनर्वास नगरपालिका ए ले दिएको ५९ रनको लक्ष्य गोदावरी नगरपालिकाले ७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग-यो । गोदावरीका लागि आयुश खड्काले अविजित २० रन बनाए । त्यसैगरी गजेन्द्र बोहराले १७ रनको योगदान दिए । हृदय बिठारी ७ रनमा अविजित रहे । । पुनर्वास नगरपालिका ए का लागि पारस सुनार, पारस शाही र कप्तान अविनास सिंहले समान एक एक विकेट लिए ।

त्यसअघि पुनर्वास नगरपालिका ‘ए’ ले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । खराब मौसमका कारण ८ ओभरमा छोट्याइएको खेलमा पुनर्वास ‘ए’ ले निर्धारित ८ ओभरमा ८ विकेट गुमाउँदै ५९ रन बनाएको थियो । पुनर्वास ‘ए’ का कप्तान अविनास सिंहले सर्वाधिक ३१ रन बनाए भने पारस शाहीले १३ रन बनाए । गोदावरी नगरपालिकाका लागि सुशील साउदले करियरकै उत्कृष्ट बलिङ गरे । १ ओभर बलिङ गरेका साउदले १ रन खर्चेर ४ विकेट लिए । उनी म्यान अफ दी म्याच चुनिए । त्यसैगरी गजेन्द्र बोहराले २ विकेट लिँदा खडक बोहराले १ विकेट लिए ।

आजै भएको दोस्रो खेलमा जोरायल गाउँपालिकालाई पराजित गर्दै पुनर्वास नगरपालिका ‘बी’ पनि सेमिफाइनल पुगेको छ । जोरायलमाथि ४७ रनको जित हात पार्दै पुनर्वास ‘बी’ अन्तिम चारमा पुगेको हो । पुनर्वास नगरपालिका बीको यो लगातार दोस्रो जीत हो भने जोरायल गाउँपालिका एक खेलमा जीत र एक खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका ‘बी’ ले प्रतियोगिताकै सर्वाधिक स्कोर बनाएको थियो । पुनर्वास ‘बी’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । पुनर्वास ‘बी’ का लागि अघिल्लो खेलमा शतक प्रहार गरेका दीपक बोहराले आज आक्रामक अर्धशतक प्रहार गरे । ४६ बल सामना गरेका बोहराले १० चौका र ३ छक्काको मद्दतले ८२ रन बनाए ।

बोहरा म्यान अफ दी म्याच चुनिए । वसन्त सिंह कार्कीले ३१,आशिष लुहार २८, टेक रावतले २२ तथा सुवास ऐरले १० रन बनाए । जोरायल गाउँपालिका लागि वसन्त खत्रीले सर्वाधिक ३ विकेट लिए । सञ्जय बोहरा, धर्मराज जोशी र दीपक रोकायाले समान एक एक विकेट लिए ।

पुनर्वास नगरपालिका ‘बी’ ले दिएको दुई सय रनको लक्ष्य पछ्याउने क्रममा जोरायल गाउँपालिकाले पूरा २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन मात्र बनाउन सक्यो । जोरायल गाउँपालिकाका लागि सुनिल चन्दले उत्कृष्ट अर्धशतकीय पारी खेलेपनि जित दिलाउन सकेनन । चन्दले ४३ बलमा ६० रन बनाए भने कप्तान योगेश भाटले ३३ बलमा २८ रन बनाए । दीपक कँडेलले १९ रन बनाउँदा वसन्त खत्री १५ रनमा रनआउट भए ।  पुनर्वास नगरपालिका ‘बी’ का लागि हिक्मत महराले ४ विकेट लिए । त्यस्तै सागर भण्डारीले २ तथा भोजराज भट्ट र सचिन भट्टले समान एक एक विकेट लिए । शनिबारबाट समूह ‘सी’ र समूह ‘डी’ का खेलहरु हुनेछन् ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेश भरिका १२ वटा स्थानीय तहका टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता टोलीले नगद रु दुई लाख, उपविजेता टोलीले नगद रु एक लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद रु २५ हजार, बेस्ट बलर र ब्याटरले जनही रु १५/१५ हजार, उदयमान खेलाडीले रु १० हजार र प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ ले नगद रु दुई हजार पाँच सय प्राप्त गर्ने आयोजक कैलाली जिल्ला क्रिकेट सङ्घले जनाएको छ । रासस