२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘देशको समृद्धि र विकासका लागि एकताबद्ध भएर काम गर्नुपर्छ’



अ+ अ-

जनकपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सचिव एवं पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले वर्तमान सरकार देशको समृद्धि र विकासका लागि बनेकाले सोहीअनुसार एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए।

एमाले धनुषाले आज यहाँ आयोजना गरेको वडाकेन्द्रित पार्टी निर्माण अभियान अभिमुखीकरण कार्यक्रममा उनले वर्तमान सरकारले गरेको कामलाई जनताबीच पुर्‍याउन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

एमालेका सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारीले पार्टी सुदृढीकरणका लागि अनुशासन, सक्रियता र जनतामाझ निरन्तर सम्पर्क आवश्यक रहेको बताए । एमाले मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले पार्टीको ‘मिसन २०८४’ लाई केन्द्रमा राखेर इमान्दारितापूर्वक सङ्गठन निर्माणमा जुट्न सबै तहका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । रासस