२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुराना पार्टीले जनविश्वास गुमाएको अध्यक्ष राईको अरोप



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले आफ्नो पार्टीले वैकल्पिक शक्ति निर्माण गर्ने बताउनुभएको छ ।

आईतवार ललितपुरको ग्वार्कोमा पार्टीको नयाँ केन्द्रिय कार्यालय उद्घाटन कार्याक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीले समाजवादको वैकल्पिक विचारको श्रृङ्खला निर्माण गरिरहेको बताउनु भयो । उहाँले वैकल्पिक विचारले वैकल्पिक शक्ति निर्माण गर्ने र त्यो जनहितमा प्रयोग गर्न संगठन निर्माणमा जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनता समाजवादी पार्टी मुलुकको वैकल्पिक विचार, वैकल्पिक शक्ति निर्माण गरेर अगाडि बढ्ने अठोटका साथमा संगठित भएको छ । विगतदेखि पनि हामीले समाजवादको वैकल्पिक विचारको श्रृङ्खला निर्माण गर्ने कामको प्रारम्भ गरेका छौँ । र आगामी दिनमा व्यवहारमा समृद्ध बनाउँदै जानेछौँ र वैकल्पिक विचार भएपछि त्यसले वैकल्पिक शक्ति निर्माण गर्न अनिवार्य हुन्छ । त्यो विचारलाई स्थापित र कार्यान्वयन गर्न, देश र जनताको हितमा प्रयोग गर्नका लागि । त्यसो भएकाले हामीले संगठन निर्माणको काममा अनुशासित ढंगले लाग्नुपर्ने आवश्यकतालाई परिपूर्ति गर्नलाई पनि केन्द्रिय कार्यालयले महत्वपूर्ण सहयोग गर्नेछ ।’

अध्यक्ष राईले पुराना पार्टीहरु पुरानै कार्याशैलीका कारण जनताको विश्वास गुमाउँदै गएको आरोप लगाउनु भयो । उहाँले जनताको आकांक्षा पूरा गर्न नसक्ने पुराना दलको विकल्पको रुपमा जनता समाजवादी पार्टीको उदय भएको दाबी गर्नुभयो ।–