२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारणसम्बन्धी विधेयक राष्ट्रिय सभामा पढेर सुनाइयो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ पढेर सुनाइएको छ ।

आईतवारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ पढेर सभा समक्ष सुनाउनुभएको हो ।

त्यस्तै सभामा नै सचिव अर्यालले विद्युतीय व्यापार विधेयकका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गर्नुभएको छ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको छ ।

राष्ट्रिय सभाको अर्को बैठक फागुन १८ गते आईतवार बस्नेगरी आजका लागि स्थगित गरिएको छ ।