२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री थाक्सिनद्वारा दक्षिणी थाइल्यान्डको नरसंहारमा माफी



अ+ अ-

एजेन्सी। थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले आइतबार देशको दक्षिणी भागमा दुई दशकअघि सैनिक ट्रकहरूमा कोचिएर धेरै मुस्लिम प्रदर्शनकारीको मृत्यु भएकामा आइतबार माफी मागेका छन् ।

‘ताक बाई नरसंहार’ का रूपमा चिनिने यो घटनामा उनले सार्वजनिक रूपमा पहिलो पटक माफी मागेको मानिएको छ । यो माफी हद म्याद सकिएको र सात जना शङ्कास्पद व्यक्ति विरुद्धको हत्या मुद्दा खारेज भएको लगभग चार महिनापछि आएको हो ।

यो नरसंहार लामो समयदेखि थाइल्यान्डको मुस्लिम बहुल दक्षिणी प्रान्तहरूमा राज्यको दण्डहीनताको प्रतीकका रूपमा रहँदै आएको छ । ती प्रान्तमा बौद्ध बहुल देशबाट सांस्कृतिक र धार्मिक रूपमा भिन्न क्षेत्रका लागि अधिक स्वायत्तता खोज्ने सरकारी सेना र पृथकतावादीहरू बीच वर्षौंदेखि विद्रोह जारी छ ।

नरसंहारको समयमा प्रधानमन्त्री रहेका थाक्सिनले आइतबार आफूले मानिसहरूलाई ‘असहज महसुस गराउने’ कुनै पनि कार्यका लागि माफी माग्न चाहेको बताए । “म प्रधानमन्त्री हुँदा स्थानीय जनताको हेरचाह गर्ने मेरो दृढ इच्छा थियो”, उनले नरसंहारको बारेमा सोधिएको प्रश्नको जवाफमा भने, “यदि मबाट कुनै गल्ती भएको छ वा कुनै असन्तुष्टि उत्पन्न भएको छ भने, म माफी माग्न चाहन्छु ।”

थाई अधिकार समूह दुआय जाईकी सह–संस्थापक अन्चना हिम्मिनाका अनुसार थाक्सिनले पहिलो पटक माफी मागेको हो । “यदि उहाँ (माफीको बारेमा) इमान्दार हुनुहुन्छ भने उहाँले पीडित परिवारहरूसँग, आमनेसामने माफी माग्नुपर्छ”, उनले भने ।

सन् २००४ अक्टोबर २५ मा सुरक्षा बलहरूले मलेसियाली सीमा नजिकै नाराथिवात प्रान्तको ताक बाई सहरमा एक प्रहरी चौकी बाहिर प्रदर्शन गरिरहेको भीडमाथि गोली चलाउँदा सात जनाको मृत्यु भएको थियो ।

त्यसपछि ७८ जना पक्राउ परेपछि र थाई सैन्य ट्रकको पछाडि अनुहार तल पारेर र हात पछाडि बाँधेर एक अर्काको माथि कोचिएपछि उनीहरूको मृत्यु भएको थियो । गत वर्षको अगस्टमा प्रान्तीय अदालतले सन् २०२३ मा सिनावात्राको फेउ थाई पार्टीका लागि संसद्मा निर्वाचित पूर्व सेना कमान्डरसहित सात अधिकारी विरुद्ध पीडित परिवारहरूले दायर गरेको आपराधिक मुद्दा स्वीकार गरेको थियो ।

तर अधिकारीहरूले अदालतमा उपस्थित हुन बेवास्ता गरे, मुद्दालाई अगाडि बढ्नबाट रोके र अक्टोबरमा प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा (थाक्सिनकी छोरी) ले हद म्याद बढाउन सम्भव नभएको बताए ।

यो मुद्दा आपत्कालीन कानूनद्वारा शासित र सेना र प्रहरी एकाइहरूले भरिएको क्षेत्रमा जवाफदेहिताको अभावको पर्यायवाची बनेको छ । वर्षौँदेखि यस क्षेत्रभरि दुर्व्यवहारको आरोप लागेको हुँदाहुँदै पनि थाई सुरक्षा बलका कुनै पनि सदस्यलाई ‘डिप साउथ’ मा गैरन्यायिक हत्या वा यातनाको आरोपमा जेलमा राखिएको छैन । जनवरी २००४ देखि यो द्वन्द्वमा सात हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । रासस /एपीएफ




भर्खरै