१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो अचम्म ! सरकारको सिल तोडेरै पानी विक्री, के होला कारवाही ?



अ+ अ-

काठमाडौं । रोक लगाइएको आक्वा ९९ ब्राण्डको पानी उत्पादन तथा बिक्री वितरण नियमित भएको भेटिएको छ । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र त्रिकोण वेभरेजले उत्पादन गरेको आक्वा ९९ व्राण्डको पानी प्रशोधन र जारको गुणस्तरमा त्रुटी देखिएपछि गएको बर्ष फागुन महिनामा खाद्य तथा गुण नियन्त्रण कार्यालयसहितको अनुगमनका क्रममा उत्पादन बन्द गर्न निर्देशन दिइएको थियो । आज महानगरको उपभोक्ता हित संरक्षण समितिले औद्योगिक क्षेत्रमा उत्पादन हुने खाद्य, पानी र दूग्ध पदार्थको अनुमगन गर्दा यो क्रम देखिएको हो । यो देखेर अनुगमनमा रहनुभएका खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले भन्नुभयो — बेभरेजले उत्पादन गर्ने पानीको गुणस्तरको बिषय निर्णय पुगेको छैन । गुणस्तर नपुगुगेकोले हामीले गएको फागुन महिनामा भएको अनुगमनकै क्रममा उत्पादन रोक्न भनेका थियौं ।  

बेभरेजका सञ्चालक सुरेन्द्र श्रेष्ठ भन्दै हुनुहुन्थ्यो — हामीले पछि अनुमति लिएरै चलाएका हौं । यति भनिरहँदा उहाँले कसको अनुमतिमा पुनः सञ्चालन भयो भन्ने चाहिँ भन्न सक्नु भएन । म कागज देखाउँछु भनेर धेरै समय यताउता खोज्नु भयो तर देखाउन सक्नुभएन । 

बेभरेज जमिनमुनिको पानी लिएर प्रशोधन गरेर बिक्री गर्ने गरेको छ । श्रेष्ठकाअनुसार सामान्य अवस्थामा दैनिक २५ हजार लिटर पानी बाहिर पठाउने गरिएको छ । उहाँकैअनुसार पनि यसरी उत्पादन हुने पानीको धेरै भाग जमिनमुनिबाटै निकाल्ने गरिन्छ । औद्योगिक क्षेत्रले २ वटा धारा दिएको छ भनेर श्रोत देखाउने श्रेष्ठले यतिले तपाईको व्यापारको कति प्रतिशत भाग थेग्छ भन्ने प्रश्नको उत्तर दिन सक्नुभएन । अनुगमनका क्रममा बेभरेजलाई पुनः सञ्चालन गर्न लिएको अनुमतिसहित अन्य आवश्यक कागज बोकेर महानगरको कृषि बिभागमा आउन निर्देशन दिइएको छ । 

बेभरेजले उत्पादन गरेको २० लिटर जारको थोक मुल्य १५ रुपैयाँ र खुद्रा मुल्य २५ राखिएको छ । यसरी बिक्री गरिने पानी बजारमा ५० रुपैयाँसम्ममा बिक्री हुन्छ । 

अनगुमन टोलीले परीक्षणका लागि यस बिभरेजबाट पानीको नमूना संकलन गरेको छ । यसै गरी जय हनुमान फुड प्रा. लि. बाट उत्पादन हुने ६६६ व्राण्डको आँटा र मैदाको नमूना पनि लिएको छ । 

औद्योगिक क्षेत्रभित्रै रहेको आधुनिक डेरी प्रोडक्टमा दूध नभएर दूग्ध पदार्थ उत्पादनको काम भएको थिएन । चितवनबाट दिनको ३ गाडी दूध आउँथ्यो । अहिले १ गाडी आउँछ । त्यही पनि समयमा आउँदैन । यता होटल व्यवसाय पनि ठप्प छ । यसकारण आयात र बिक्री दुवै रोकिएको हो, सञ्चालक भन्दै थिए । 

महानगरको कृषि बिभागको नेतृत्वमा भएको अनुगमनमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, पशु सेवा बिभाग, उपभोक्ता अनुसन्धान मञ्चका पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।