२३ जेष्ठ २०८३, शनिबार
,
Latest
औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय कुमारले गरे महाकुम्भमा स्नान



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले सोमबार प्रयागराजमा महाकुम्भको अवसरमा संगममा स्नान गरेका छन् ।

आज महाकुम्भको ४३ औं दिन । अब कुम्भ समाप्त हुन २ दिन मात्रै बाँकी छ ।

यसैबीच, अभिनेता प्रयागराज पुगेका धेरै फोटो र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

नुहाएर पूजा गरेपछि अभिनेताले उत्तर प्रदेश सरकारको व्यवस्थापनको प्रशंसा गरे । उनले भने– ‘यस्तो राम्रो व्यवस्थापनको लागि म सीएम योगीलाई धन्यवाद दिन्छु ।’

अक्षयले कडा सुरक्षाबीच त्रिवेणी संगममा स्नान गरेका हुन् ।

यसैबीच, अभिनेत्री कटरिना कैफ पनि सोमबार प्रयागराजको महाकुम्भमा पुगेकी थिइन् । सामाजिक सञ्जालमा अभिनेत्रीका केही तस्बिर पनि सार्वजनिक भएका छन् ।

महाकुम्भमा बलिउडका धेरै कलाकार पुगे
महाकुम्भ १३ जनवरीबाट सुरु भएको थियो । यस अवधिमा धेरै बलिउड कलाकारहरू प्रयागराज पुगेका थिए । संगममा अनुपम खेर, सोनाली बेन्द्रे, मिलिन्द सोमन, रेमो डिसुजा, तमन्ना भाटिया, गुरु रन्धावा, पूनम पाण्डे, हेमा मालिनी, तनिषा मुखर्जी, निम्रत कौर लगायतका बलिउड कलाकारहरुले स्नान गरेका थिए ।