२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईईमा कम नम्बर दिएको भन्दै शिक्षकमाथि कुटपिट, प्रधानाध्यापक र अंग्रेजी शिक्षक घाइते



अ+ अ-

सिन्धुली । एसईईमा कम नम्बर दिएको भन्दै अभिभावककै नेतृत्वमा विद्यार्थीले शिक्षकमाथि आक्रमण गरेका छन् । आइतबार सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका विद्यार्थीहरुले एसईईमा कम नम्बर दिएको भन्दै प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेका हुन् ।

उक्त विद्यालयका एसईईका १ छात्रा र ५ छात्र गरि ६ जना विद्यार्थीहरुले कार्यालयमा आई प्रधानाध्यापक सुनुवारलाई मुखमा मुक्काले हिर्काएको र अर्का शिक्षक भण्डारीलाई लछारपछार गरेका शिक्षक झलक दाहालले बताए । जसको नेतृत्व अविभावक मंगले स्वाङवाले गरेका थिए ।

विद्यार्थीहरुको कुटपिटबाट प्रधानाध्यापक सुनुवारको मुखमा चोट लागेको छ । अर्का शिक्षक भण्डारीको जिउमा निलडाम छ । रिजल्टमा सी ग्रेड आएको र रोजेको विषय पढ्न नपाएको भन्दै कुटपिट गरेको शिक्षक दाहालले बताए ।

घाइते दुवैजनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ । उनीहरुको अवस्था सामान्य रहेको बताईएको छ । विद्यार्थीहरुले शिक्षकलाई कुटपिट गरेपछि विद्यालयका शिक्षक कर्मचारीहरुको बैठकले सुरक्षाको माग गर्दै अनिश्चितकालीन विद्यालय बन्द गरेका छन् ।

विद्यालयबाट ६० जना एसईईमा सहभागीमध्ये ९ जनाको रिजल्ट सी आएको र तीनै मध्येका तीनजनाले कुटपिट गरेको बताईएको छ । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा मौखिक जानकारी आएको तर उजुरी नआएको डिएसपी श्याम बहादुर खत्रीले बताएका छन ।

शिक्षकहरु कुटिएपछि घटनाको सामाजिक सञ्जाल तथा शिक्षकका संघसंगठनहरुले विरोध जनाएका छन । घटना निन्दनीय भएको र दोषीलाई कारवाहि गरिनुपर्ने भन्दै जिल्लाका शिक्षकहरुले विरोध जनाएका छन । प्रधानध्यापक सुनुवार नेपाल शिक्षक महासंघ सिन्धुलीका सहसचिव तथा नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीका आजिवन सदस्य हुन भने भण्डारी नेपाल राष्ट्रिय शिक्षक संगठन, सिन्धुलीका सदस्य तथा शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य हुन । राजधानी दैनिक