२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध सुन चाँदी कारोबारमा संलग्न चार भारतीय नागरिक पक्राउ



अ+ अ-

काठमाडौं। अवैध सुन चाँदी कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जना भारतीय नागरिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा देश भारत महाराष्ट्र प्रदेश सोलापुर घर भई काठमाडौं महानगरपालिका-२४ नरदेवी बस्ने ४२ वर्षीय एकनाथ दशरथ खाडेकर, १९ वर्षीय वैभव घुतुगेड, २९ वर्षीय सम्राट यादव र ४० वर्षीय दिनेश मेहेति रहेका छन् ।

काठमाडौं महानगरपालिका-२४ स्थित घरमा अवैध रूपमा भन्सार छली तथा निकासी पैठारी गरी ल्याईएको सुन र चाँदीको कारोबाट भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न स्वरूपमा रहेका सुन जस्तो देखिने धातुका टुक्राहरु २ सय ४७ ग्राम ७ सय २० मिलिग्राम, चाँदी जस्तो देखिने धातुका टुक्राहरु ५ किलो ६ सय ग्राम र नगद १० लाख ७५ हजार रूपैयाँ सहित पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।