१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले पिसिआर परीक्षणको शुल्क घटायो



अ+ अ-

काठमाडौं । सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पिसिआर परीक्षणको शुल्क अधिकतम ४ हजार ४ सय रुपैयाँसम्म लिने पाउने बताएका छन् । 

यसअघि पिसिआर परीक्षणको लागि मन्त्रालयले ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो। अधिकारीले विश्व बजारमै परीक्षणका लागि चाहिने कीटहरूको उपलब्धता सहज र सस्तो भएकाले नेपालमा पनि शुल्क घटाइएको जनाए।

सरकारले निजी अस्पताल र प्रयोगशालाहरूलाई पनि सस्शुल्क परीक्षणको अनुमति दिएको छ। अब ती अस्पताल र प्रयोगशालाहरूले पनि सरकारले तोकेको नयाँ शुल्क अनुसार नै परीक्षण गर्नुपर्ने मन्त्रालयले जनाएको छ।