१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन मेडिकल कलेजमा उपचाररत एक जना संक्रमित मृत्यु



अ+ अ-

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मिर्गौला रोगबाट ग्रसित ति महिला डायलाइसिस गर्नका लागि गत साउन २७ गते चितवन मेडिकल कलेज ल्याइएको थियो । उनको तीन पटकसम्म डायलाइसिस गरिएको अस्पतालले जनाएको छ । सोही क्रममा कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।