१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबार छिर्यो कोरोना ! अब त दुख्ला कि ?



अ+ अ-

काठमाडौं । बितेको २४ घण्टामा देशभरमा गरेर थप ९२७ जना कोरोनाभाइरस संक्रमित शुक्रबार थपिएका छन् । संक्रमितमा ३३४ महिला र ५९३ जना पुरुष रहेका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९२७ संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको बताए । यस्तै शुक्रबार काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी राजधानी उपत्यकामा ४१५ जनामा संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मको सबैभन्दा ठूलो संख्या हो । बितेको २४ घण्टामा १६९ जना निको भएका छन् भने जुन नगण्य संख्या हो । यससँगै निको हुनेको संख्या २० हजार २४२ पुगेको छ । अहिले पनि देशभर गरेर सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ । तर सरकारले भने बितेको २४ घण्टामा १० हजार २२९ मात्रको पीसीआर गरेको छ । अझ अर्काे दुःखद पक्ष त यो छकि गएको २४ घन्टामा नेपालमा १२ जनाले यो संक्रमणबाट ज्यान गुमाएका छन् । यो पनि अहिलेसम्मकै २४ घन्टामा ज्यान गएको पहिलो ठूलो संख्या हो ।
 

के गर्दैछन् उपत्यकाको स्थानीय सरकार ? 
माथिको आँकडाबाट देखिन्छ कि काठमाडौँ उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ । साथै यहाँको स्थानीय तहले प्रभावकारी काम गर्न नसकेको गुनासो पनि बढिरहेको छ । अहिले उपत्यकामा दैनिक कम्तीमा पनि ३ सयको हाराहारीको संख्यामा कोरोना संक्रमित भेटिन थालेका छन् । तर ती संक्रमितलाई राख्ने ठाउँ खोइ त ? उपत्यकाभरिमै पर्याप्त आइसोलेशनको अभाव छ । कोरोनाकै उपचार गर्ने भनिएका डेडिकेटेड अस्पतालमा बेड छैनन् अरु अस्पतालमा उपचार छैन । एकातिर छ भने अर्कोतिर संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ पनि हुन सकेको छैन । सबैको गुनासो छ कि संक्रमित कहाँ छन्, के गर्दैछन्, उनीहरुका नजिकका मानिसको पहिचान कस्ले गर्दैछ ? यो कसैले हेरेको छैन किनभने अनुगमनको यहाँ कुनै निकाय नै छैन ।  

अहिलेको संकटमा सबैभन्दा बढी भूमिका खेल्नुपर्ने उपत्यकामा स्थानीय निकायहरु कसरी काम गर्दैछन् त ?यो कसैलाई थाहा छैन । बरु देशबाहिर भएको संक्रमणको नियन्त्रणमा स्थानीय निकाय लागिपरेका थिए त्यो हामीले देखेकै थियौँ । तर यहाँको स्थानीय सरकार अटेर छ, संघीय सरकारभन्दा माथि छ । बागमती प्रदेश सरकार खोज्न त हेटौँडा नै पुग्नुपर्छ जसको मकवानपुर जिल्लाका सिडियोको भन्दा पनि कम हैसियत र प्रभाव देखापर्दछ । यहीँनेर देशमा प्रदेश सरकारको औचित्य समाप्त भएको पुष्टि हुदै गएको जनताले नै छर्लंगै देखेका छन् ।  काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले के काम गरेका छन् त अहिले ? खोई राजधानीमा आइसोलेसन वार्ड ? यहाँको कन्ट्याक्ट ट्रेसिङको काम कसले कहाँ र कसरी गर्ने हो ? अहँ राजधानी उपत्यकाबासीका यी अनगिन्ती प्रश्नहरु यो समाचार तयार पार्दासम्म अनुत्तरित नै छन् ।

देश दुखेको धेरै भयो तर राजधानी नदुखेपछि बाहिरको दुखाइको अनुभूति यहाँ हुदैन । यो त नेपालको पुरानै रोग हो । अहिले त झन् यो रोग नबल्झिने कुरै छैन । किनभने यहाँ राम्रो काम आफूले नगरेको भए पनि जस लिने होड चल्छ हाम्रो राजनीतिक संस्कारमा । अहिलेको सरकारका मन्त्रीहरु देशमा राम्रो भएको कुरा आफैले गरेको जस लिन्छन् तर आफ्नै कारणले गर्दा भएको नराम्रोको लागि पनि अघिल्लो सरकारलाई देखाउँछन् । जुन कुरा दिनदिनै हामीले सुनेकै हो । चीनको वुहानमा संक्रमण फैलिएको बेला यता नेपालको संसदमा सरकारको तयारी के छ भनेर सोध्दा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले चीनमा माओले कस्तो जुत्ता लागेका थिए भनेर यहाँ खुट्टा उचाल्नुपर्दैन अर्थात यहाँ त्यो महामारी आइपुग्दैन भनेर बडो लाजमर्दाे जवाफ दिएका थिए । उनका अहिलेसम्मका क्षुद्रताले नेपाली जनतालाई बडो आहत बनाएको छ । उनीबाट औषधिमूलो त के सरल र सरस व्यवहार नै जनताले पाउन सकेका छैनन् । 

आजको एक प्रसंग यहाँ कोट्याउन चाहन्छु । आज कोरोना सिंहदरबार छिरेको खबर आएको छ । गृह, रक्षामन्त्रीहरु तथा पूर्वप्रधानमन्त्री पनि आइसोलेसनमा बसेको खबर आएको छ । हिजो बाहिर देशैभरि थियो तर राजधानी यसरी कस्सिएर आएको थिएन । किनभने राजधानीले आफूलाई घेरामा पारेर सुरक्षित भएर मात्र बसेको थियो । दुई नम्बर प्रदेशमा यसले धेरै दुखायो । पाँचमा पनि त्यस्तै भयो तर त्यहाँका मुख्यमन्त्री प्राय पार्टी झगडा मिलाउन राजधानीमै बिताए । हाम्रो सरकार र पार्टीहरु पनि पदका लागि धेरै धाए, लडे । कोरोनाको नियन्त्रणका लागि केही गरेनन् । औषधि खरिदमा त्यस्तो जात्रा देखाए । सरकारका समर्थनमा जुलुशै निकाल्न लगाए । किने भने त्यसताका यो भाइरसले सिंहदबारको बाटो तय गरेको थिएन, अनि राजधानीबाहिरका नागरिकलाई दुख्दा यहाँका शासकलाई दुखेन, दुख्दैन । हुन त जनता भन्दैछन् यसरी रोग छिर्नु दुःखद कुरा हो । तर पनि यसअघि बडो नराम्रोसँग दुखेका नरैनापुर तथा हालसालैका बारा पर्साका जनता भन्दैछन्– सिंहदरबार छिर्यो कोरोना अब त दुख्ला कि ? अब त शासकले कानमा हालेको यसअघिको तेल निकाल्लान कि ? अब चाहिँ महामारी रोक्न खास र ठोस कार्यक्रम आउला कि ?