२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक विनोद बानियाको ठक्कर सार्वजनिक



अ+ अ-

काठमाडौँ। २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र भूठानका निर्माता अविरलथापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकनप्रोडक्सनबाट सार्वजनिक गरेका छन् ।

गीतमा पोखराका चर्चितगायक विनोद बानियाँको स्वर र संगीत रहेको छ । गीतको म्यूजिक भिडियोमा नेपाली रजतपटका लोकप्रिय कलाकारराजवल्लभ कोइराला,सीतादेवी तिमिल्सिना लगायत अन्यकलाकारको अभिनय रहेको छ भने भिडियोलाई सानो संसारचलचित्रका निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेकाछन् ।

एक्टर टेक वन चलचित्रको प्रदर्शन ताका राजवल्लभ कोइराला नेपाल आएको मौका छोपी सो म्युजिक भिडियाकोे छायाँकनभएको थियो । गायक विनोद,गीतकार अविरल र अभिनेताराजवल्लभ पुराना मित्रहरु हुन् ।

समाजमा बढ्दै गएको चरम निराशा,अवसाद,विग्रह,हत्या रआत्महत्यालाई केही हदसम्म भएपनि निरुत्साहन गर्नका लागि गीतसंगीतको माध्यमद्वारा आशा र हिम्मतको संचार गराई मानसिकस्वास्थ्य कायम राख्न सो गीत लेखेको र निर्माण गरेको थापालेबताएका छन् ।

थापाले यस अघि चलचित्र साँघुरोको लागिआउँदैछु कि जाँदैछु, शिशिर योगीको स्वरमा रहेको आफ्नै देशमाबस साथी,प्रमोद खरेलको स्वरमा यो झरीमा तिमीसँगै,युनिटीब्यान्डको आशा अझै मरेको छैन लगायत अन्य गीतहरु बजारमाल्याईसकेका छन् भने उनी बहुचर्चित चलचित्र बुलबुलका निर्मातापनि हुन।

समाज र जनमानसको मानसिक स्वास्थ्यप्रति दायित्ववोध गर्दैथालिएको यस अभियानमा काठमाडौं महानगरपालिका र स्वास्थ्यमन्त्रालयले पनि साथ दिएको छ । गीतकार थापाले सबैलाईउत्प्रेरणा दिने यस गीतलाई आम जनमानसमा पुर्याउन र सामाजिकसंजाल मार्फत प्रवाह गरिदिन सबै व्यतिm , संस्थाहरु र सबैखालेसंचार माध्यमलाई प्रकाशन र प्रसारण गरिदन अपिल समेतगरेकाछन् । गीत युट्युव र संसारभरका लोकप्रिय सबैखालेश्रव्यमाध्यममा उपलव्ध छ ।

हेर्नुहोस् भिडियो :